नियम
उजुरी साथ पेश गर्नु पर्ने कुराहरू
(१) वादीले उजुरीसाथ देहायका कुराहरू पेश गर्नु पर्नेछः–
(क) प्रत्येक प्रतिवादीलाई एक एक प्रतिका दरले उजुरीको नक्कल,
(ख) प्रत्येक प्रतिवादीलाई एक एक प्रतिका दरले उजुरीमा उल्लिखित लिखत प्रमाणको नक्कल,
(ग) जुन कानुन अन्तर्गत उक्त उजुरी दिएको हो सो कानुनमा त्यसरी उजुरी दिनु पूर्व कुनै निकाय वा पदाधिकारीको स्वीकृति
लिनु पर्ने कुरा उल्लेख भएको भए त्यस्तो स्वीकृति ।
(२) कुनै व्यक्तिले नियम ६ बमोजिमको रीत नपु¥याई ल्याएको उजुरीको सम्बन्धभा नियम ८ को उपनियम (२) बमोजिम रीत पुर्‍याई दर्ता गरिएको रहेछ भने त्यस्तो उजुरी वा बयानको उपनियम (१) को खण्ड (क) बमोजिम आवश्यक पर्ने नक्कल प्रतिहरू वादीबाट नियम ३१ बमोजिमको दस्तुर लिई अदालतबाटै तयार गरिनेछ ।